क्वेर समुदायद्वारा नागरिकता विषयक जनप्रतिनिधि र सरोकारवालासँग प्रदेशस्तरीय नीतिगत संवाद

पाेखरा | पुस १३, २०८०

क्वेर समुदायद्वारा नागरिकता विषयक जनप्रतिनिधि र सरोकारवालासँग प्रदेशस्तरीय नीतिगत संवाद

पोखरा:   यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (क्वेर समुदाय)ले नागरिकता मुद्दा विषयमा जनप्रतिनिधि र सरोकारवाला निकायसँग गण्डकी प्रदेश स्तरिय नीतिगत संवाद तथा अन्तरक्रिया गरेको छ । 


निल हिरा समाजको आयोजना र युएनडिपी अन्तरगतको द स्केल इनिसिएटिभ ९त्जभ क्अबभि क्ष्लष्तष्बतष्खभ, ग्ल्म्ए० को सहयोगमा आज (शुक्रबार) पोखरामा सरोकारवालाहरुसँग नागरिकता विषयमा संवाद तथा अन्तरक्रिया गरेको हो ।


कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुमिका श्रेष्ठले लैङ्गिक पहिचान, समुदायको परिभाषा, समाजको बुझाईलगाएतको विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति पनि अरु नागरिक सरह स्वतन्त्ररुपमा जीवनयापन गर्न पाउने अधिकारलाई साथ दिन उनले आग्रह गरिन् । समाजमा नकारात्मक बुझाईका कारण समुदायका धेरै व्यक्तिले दुःख पाउनु परेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय समाजले समुदायलाई हेर्ने नजरमा केही सकारात्मक परिवर्तन आएको बताउँदै राज्यस्तरबाटै उचित नीति नियम आवश्यक रहेको उनको भनाई थियो ।


त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नागरिकता तथा पहिचानको मुद्दा विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले नागरिकता प्राप्ती गर्न निकै झन्झटीलो प्रावधान रहेको उनले बताइन् । साथै लैङ्गिक पहिचान सहितको नागरिकता दिनुपर्ने जिम्मेवारीबाट राज्य टाढिन खोजेको उनको भनाई थियो । नागरिकता प्राप्तीमा असहजता, राज्यको संरचनामा समुदायको समान प्रतिनिधित्व, समान रोजगारीको व्यवस्था लगाएतको विषयमा राज्य जिम्मेवार हुनुपर्ने उनले प्रस्तुतीमार्फत राखेकी थिइन् ।


अन्तरक्रियामा जनप्रतिनिधि र सरोकारवाला निकायले समुदायको विषयमा संवेदनशिल रहेको र समुदायको हक अधिकारका लागि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


अन्तरक्रियामा भक्ति शाह र सुदिप गौतमले क्वेर समुदायकै व्यक्ति भएका कारण समाजमा आफुले भोग्नुपरेको समस्याका बारेमा अनुभव सुनाएका थिए ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्